• २०८३ बैशाख २७ आइतबार

एनभीए भलिबल च्याम्पियनसिप: पुरुषतर्फ पुलिसलाई हराउदै हेल्प नेपाल फाइनलमा

एनभीए भलिबल च्याम्पियनसिप: पुरुषतर्फ पुलिसलाई हराउदै हेल्प नेपाल फाइनलमा

काठमाडौं । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न पुरुषतर्फको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसलाई २५-२१, २५-२३ र २५-२२ को सोझो सेटमा पराजित गरेको हो । 

अब आज हुने पुरुष तर्फको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम ट्रेनिङ सेन्टर खेल्दै छन् । यो खेलको विजेताले हेल्प नेपालसँग शनिबार फाइनल खेल्ने छ । फाइनल खेल शनिबार दिउँसो ३:३० बजे हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै