• २०८३ बैशाख २९ मंगलबार

एसेज सिरिज: स्मिथ र हेडको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

एसेज सिरिज: स्मिथ र हेडको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौँ ।  एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ ।

टेस्टको तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले पहिलो इनिंगमा ७ विकेट गुमाएर ५१८ रन बनाएको हो । योसँगै अस्ट्रेलियाले पहिलो इनिंगमा अहिलेसम्म १३४ रनको अग्रता हासिल गरेको छ । 

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथ १२९ रनको शतकीय पारी खेलेर अविजित रहेका छन् भने उनलाई बेउ वेब्स्टरले ४२ रन बनाएर अविजित रहेका छन् । त्यस्तै यस खेलमा ट्राभिस हेडले १६३ रनको शतकीय पारी खेलेका थिए ।

यस टेस्टमा यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो । 

५ खेलको सिरिज अस्ट्रेलियाले ३-१ ले जितिसकेको छ । यस सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको इङल्याण्डले चौथो टेस्ट जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै