• २०८१ बैशाख १५ शनिबार

सिटिजन्स बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सहकार्य 

kharibot

काठमाडौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, हरिसिद्धिबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

अस्पतालमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्षडा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्ड वाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै