• २०८३ बैशाख २९ मंगलबार

एसेज सिरिज: अस्ट्रेलिया बलियो अवस्थामा, शतकसहित इङल्याण्डलाई बचाउने प्रयासमा बेथेल

एसेज सिरिज: अस्ट्रेलिया बलियो अवस्थामा, शतकसहित इङल्याण्डलाई बचाउने प्रयासमा बेथेल

काठमाडौँ । एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ ।

टेस्टको चौथो दिनको खेल सकिदा इङल्याण्डले ११९ रनको अग्रता लिएको छ । इङल्याण्डले दोस्रो इनिंगमा ३०२ रन बनाएर ८ विकेट गुमाएको छ । इङल्याण्डका ज्याकब बेथेलले डेभ्यु सेन्चुरी बनाउदै १४२ रन बनाएर अविजित रहेका छन् ।    

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ५६७ रन बनाएर अलआउट भएको थियो । यस क्रममा स्टिभ स्मिथले १३८ र ट्राभिस हेडले १६३ रन बनाएका थिए । 

यस टेस्टमा यसअघि इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो । अब टेस्टको पाँचौं दिन रोमाञ्चक हुने देखिएको छ । 

५ खेलको सिरिज अस्ट्रेलियाले ३-१ ले जितिसकेको छ । यस सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको इङल्याण्डले चौथो टेस्ट जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै