• २०८३ बैशाख २५ शुक्रबार

प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबाट दुख व्यक्त

प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबाट दुख व्यक्त

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि तामाङको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।

ममता बनर्जीले इन्डियन आइडल विजेता प्रसिद्धि प्राप्त राष्ट्रिय स्तरमा मान्यता प्राप्त कलाकार प्रशान्त तामाङको अचानक र असामयिक निधनबाट दुःखी भएको बताएकी छन् ।

उनले भनेकी छन्- 'दार्जिलिङ पहाडहरूसँगको उनको सम्बन्ध र कोलकाता प्रहरीसँगको उनको एक समयको सम्बन्धले उनलाई बंगालमा हामी सबैको लागि विशेष प्रिय बनायो । म उनको परिवार, साथीभाइ र अनगिन्ती प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्छु ।'

तामाङको आइतबार दिल्लीमा हृदयघातका कारण निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै