• २०८३ बैशाख १५ मंगलबार

कांग्रेस नेता दीलेन्द्रप्रसाद बडूको निर्वाचन नलड्ने घोषणा

कांग्रेस नेता दीलेन्द्रप्रसाद बडूको निर्वाचन नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । दार्चुलाबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न सिफारिस भएका बडूले जिल्ला कार्यसमितिलाई पत्र लेख्दै आफु उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । 

बडूले सक्षम युवा पुस्ता र इच्छुक साथीलाई पालो दिएर चुनाव जिताउन लाग्ने बताएका छन् ।  उनी २०७९ सालको निर्वाचनमा दार्चुलाबाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै