• २०८३ बैशाख ५ शनिबार

काँग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका फेरी संशोधन

काँग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका फेरी संशोधन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन कार्यक्रममा फेरि संशोधन गरेको छ ।

निर्वाचन समितिले साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने  र ८ बजेदेखि मतदान सुरु गर्ने जानकारी दिदै निर्वाचन कार्यक्रम संशोधन गरेको छ ।

समितिले उम्मेदवारको प्रथम नामावली ४ बजे प्रकाशन गर्ने, उम्मेदवारमा दाबी विरोध ४ देखि साढे ४ बजेसम्म गर्न सकिने, उम्मेदवारमाथिको दाबी विरोधमा छानबिन साढे ४ देखि ५ बजेसम्म, उम्मेदवारी फिर्ता साढे ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली ६ बजे प्रकाशित गरी ८ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्बजनिक गरेको छ ।

यसैबीच सानेपामा जारी केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टी फुटतर्फ अगाडी बढेको ब्रिफिङ गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै