काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१-०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२-०८३ का लागि वर्तमान लेखापरीक्षक नियुक्त गरेको छ । यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।









