काठमाडौँ । कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ ।
नयाँ तालिका अनुसार उम्मेदवारी फिर्ता ११ बजेदेखि ११: २० सम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११: ३५ मा र मतदान भने माघ १ गते बिहान २ देखि ५ बजेसम्म हुने भनिएको छ । यसअघि नयाँ नेतृत्व चयनका लागि यसअघि बुधबार राति ८ बजेदेखि मतदानको समय तोकिएको थियो ।
अहिले विशेष महाधिवेशन पक्षका शिर्ष नेताहरु सर्बसम्मत नेतृत्व चयनको छलफलमा रहेको बताइएको छ भने महाधिवेशन प्रतिनिधिहरु भृकुटीमण्डपस्थित हलमा नाचगान गरेर बसिरहेका छन् ।









