काठमाडौँ । विशेष महाधिवेशनबाट छानिएको नेपाली काँग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
गएराती घोषणा भएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । शेरबहादुर देउवा पक्षको विरोधका बाबजुत गएराती विशेष महाधिवेशन सम्पन्न भएपछि अब आधिकारिक काँग्रेस कुन समुह हो भन्ने विवाद बढ्ने देखिएको छ । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आज केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी अध्यावधिक गर्न निवेदन दिने बताइएको छ ।
यसअघि विशेष महाधिवेशन पक्षले बन्दसत्रमा कार्यवधि पारित हुनासाथ निर्वाचन आयोगलाई जानकारी दिएको थियो भने बुधबार देउवा पक्षले केन्द्रीय समितिको बैठक राखेर तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच बर्षका लागि पार्टीबाट निष्काशित गरेको थियो । अब अध्यावधिकको निवेदन गएपछि निर्वाचन आयोगले काँग्रेसको आधिकारिकता बारे निर्णय गर्ने छ ।









