• २०८३ बैशाख ५ शनिबार

पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो- गगन थापा

पार्टी फुटेको छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको हो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबि गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् ।

पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका सभापति थापाले पार्टी नफुटेको बताउदै आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका  निर्णयलाई अध्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।

थापाले अधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय बारे आयोगलाई जानकारी गराएको र आफुहरुले निर्वाचन आयोगलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । उनले आयोगका पदाधिकारीले आज दोहोरो संवाद नगरेको र आयोगले ढिलोमा पर्सिसम्म यस अध्यावधिक गर्ने आफुहरुले विश्वास व्यक्त गरेको प्रतिक्रिया दिए । आयोगमा उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै