• २०८३ बैशाख २६ शनिबार

नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाबाट दिए राजीनामा

नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाबाट दिए राजीनामा

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका छन् । 

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न श्रेष्ठले राजीनामा दिएका हुन् । 

श्रेष्ठ नेकपाबाट सर्लाही ३ मा उम्मेदवार बन्ने तयारी गरेका छन् । २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका श्रेष्ठको राष्ट्रिय सभाको कार्यकाल फागुन २० गतेदेखि सकिदै थियो ।

उनी २०७४ को निर्वाचनमा श्रेष्ठ गोरखा- २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए भने २०७० सालमा मकवानपुर-४ बाट उम्मेदवार बनेर पराजित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै