• २०८१ बैशाख २५ मंगलबार

चार लाख नगदसहित सत्र जुवाडे पक्राउ

kharibot

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ । 

परिसरको टोलीले आज दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार बोहरा, सरोज घले, जीवन पाठक रहेका छन् । 

यस्तै, ललितपुरका मुकुन्द चौलागाईँ, काभ्रेका राम लामा, केदार बुढाथोकी, गोरखाका गंगा थापा, महोत्तरीका वीरेन्द्र सिंह, नुवाकोटका कुमार खड्का र नवराज सिंह रहेका छन् । 

महानगरिय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेकासँग रु चार लाख १५ हजार ५५०, कौडा १६ थान, सेतो पिठो भएको प्लेट एक थान, जुवा खाल भुईँमा विच्छाएको तन्ना एक थान बरामद गरिएको बताए । 

पक्राउ परेका सबैलाई जुवा मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै