• २०८३ बैशाख १७ बिहीबार

नवलपरासी पश्चिम- २ मा कँडेलको उम्मेदवारी रद्ध, थापा बने काँग्रेसका आधिकारिक उम्मेदवार

नवलपरासी पश्चिम- २ मा कँडेलको उम्मेदवारी रद्ध, थापा बने काँग्रेसका आधिकारिक उम्मेदवार

परासी । नवलपरासी पश्चिम- २ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका पूर्वगृहराज्यमन्त्री तथा कांग्रेसनेता देवेन्द्रराज कँडेलको उम्मेदवारी अस्वीकृत भएको छ । 

माघ ६ गते काँग्रेसबाट कँडेल र   लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाले उम्मेदवारी दर्ता गरेपछि विवाद भएको थियो ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासी पश्चिमले थापालाई कांग्रेसको आधिकारिक उम्मेदवार कायम गर्दै कँडेलको उम्मेदवारी अस्वीकृत गरेको हो । आयोगले थापाले पहिला उम्मेदवारी दर्ता गरेको भन्दै उनको उम्मेदवारी कायम गरेको छ । 

गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका ध्रुबबहादुर प्रधानले जित हासिल गरेका थिए । प्रधानले काँग्रेसका कँडेललाई १५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै