• २०८२ माघ २६ सोमबार

इन्टर मिलानको फेसबुक पेजमा रोनाल्डोको ट्रफीसँगै नेपाली गीत ‘आँखा झिमझिम भो' राखेपछि...

kharibot

काठमाडौँ । इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपाली भाषाको क्याप्सनसहित गीत पोस्ट गरेपछि यसको चर्चा सामाजिक सञ्जालमा व्यापक भएको छ ।

२८ सेकेन्डको उक्त भिडियोमा पृष्ठभूमिमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले रचना गरेको ‘आँखा झिमझिम भो…’ बोलको गीत राखिएको छ । साथै इन्टर मिलानले ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डोले ट्रफी उचालेको दृश्यसहितको भिडियो राखेको छ । रोनाल्डोले सन् १९९७ देखि २००२ सम्म इन्टर मिलानबाट खेलेका थिए ।

इन्टर मिलानले भिडियोको क्याप्सनमा लेखेको छ- 'सबैभन्दा महान: रोनाल्डो 'द फेनोमेनन' नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् ।' इन्टर मिलानले नेपाली फुटबल फ्यानलाई क्लबप्रति आकर्षित गर्न नेपाली गीत र क्याप्सन राखेको विश्लेषण गरिएको छ ।   

यो समाचार तयार पार्दासम्म इन्टर मिलानको उक्त पोस्ट करिब साढे २ लाख पटक हेरिएको छ । नेपाली गीत विश्वचर्चित क्लबको आधिकारिक पेजमा देखिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै