• २०८२ माघ २६ सोमबार

रुसी जनरलमाथि मस्कोमा गोली हानेको आरोपमा एक व्यक्ति दुबईमा पक्राउ

kharibot

काठमाडौँ । रुसी वरिष्ठ जनरलमाथि आक्रमण गरेको आशंकामा बन्दुकधारीलाई दुबईमा हिरासतमा लिइएको छ ।

रुसी सरकारी मिडियाका अनुसार सैन्य गुप्तचर विभागका उपप्रमुख भ्लादिमिर अलेक्सेभलाई शुक्रबार मस्कोमा गोली हान्ने संकास्पद व्यक्तिलाई दुबईमा हिरासतमा लिइएको छ ।

रुसी सुरक्षा सेवाले मुख्य संदिग्ध, एक रूसी नागरिकलाई युएई अधिकारीहरूको सहयोगमा पक्राउ गरिएको र संदिग्धलाई सुपुर्दगी गरिएको बताएको छ ।

रुसी सुरक्षा सेवाका अनुसार, संदिग्धको एक कथित सहयोगीलाई पनि मस्कोमा हिरासतमा लिइएको छ । क्रेमलिनले गोलीबारीको लागि युक्रेनलाई दोष लगाएको छ भने युक्रेनले यसलाई अस्वीकार गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै