• २०८३ जेठ ९ शनिबार

काँग्रेसको बुटवल, पोखरा र बागलुङमा आज चुनावी सभा

काँग्रेसको बुटवल, पोखरा र बागलुङमा आज चुनावी सभा

काठमाडौं । नेपाली कांग्रेसले आज तीन स्थानमा चुनावी सभा गर्दैछ । कांग्रेसले बुटवल, पोखरा र बागलुङमा चुनावी सभा गर्न लागेको हो ।

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ भने बागलुङ दिउसो १ बजे र पोखरामा दिउसो ३ बजे चुनावी सभा हुने कार्यक्रम रहेको छ । यी सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् । 

चुनाव नजिकिदै गर्दा काँग्रेसले चुनावी सभालाई तिब्रता दिएको छ ।  यस अघि विहिबार काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गरेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै