• २०८३ बैशाख २१ सोमबार

कराची र बगदादमा अमेरिकी दुताबासमा आक्रमण

कराची र बगदादमा अमेरिकी दुताबासमा आक्रमण

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्युपछि पाकिस्तानको कराचीमा व्यापक विरोध प्रदर्शन भएको छ ।

अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय समूहले कराचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा आक्रोशित समूहले दूतावासको प्रवेशद्वारतर्फ अघि बढ्दै तोडफोड गरेको तथा केही स्थानमा आगजनी समेत भएको खबर आएको छ । घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको जनाइएको छ ।

स्थिति तनावपूर्ण बनेपछि सुरक्षा निकायले प्रदर्शन नियन्त्रणमा लिन थप सतर्कता अपनाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यस्तै इराकको राजधानी बगदादमा पनि तनाव बढेको बताइएको छ । सयौँ प्रदर्शनकारीले अमेरिकी दूतावास रहेको कडा सुरक्षा घेराभित्रको ग्रीन जोन क्षेत्रमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै