• २०८३ बैशाख ५ शनिबार

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभामा सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामाको माग गरेका छन् ।

बुधबार सिंहदरबारमा पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले सभापति थापाले राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउदै कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

उनले गगन थापालगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए ।

साथै उनले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गर्दै विशेष महाधिवेशन औचित्य सकिएको जिकिर गरेका थिए ।

बस्नेत कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता मानिन्छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै