नेपालकै अहिलेसम्मको ठुलो पूल पार्टी भैरहवामा हुदै 

खरीबोट
ad

काठमाडौँ। पार्टी नेपालले चर्चित पूल पार्टीको तेस्रो संस्करण भैरहवामा गर्ने भएको छ । यस अघि सफलरुपमा पूल पार्टीको दुई संस्करण सफलरुपमा आयोजना गरेको पार्टी नेपालले मंगलबार आयोजित प्रेस मिटमा अहिलेसम्मकै ठुलो पूल पार्टी भैरहवाको टाइगर प्यालेस रिसोर्टमा हुने जानकारी दिएको छ ।

यो पूल पार्टी नेपालकै ठुलो स्विमिङ्ग पुलमा हुन् गैरहेको भन्दै काठमाडौँको व्यस्त जीवनशैलीका बीच मनोरंजनको समय नभएको अवस्थामा यो ग्राइन्ड पार्टी सहि ठाउ हुने आयोजकले विश्वास लिएका छन्। यो पार्टी नेपालको अहिलेसम्म कै ठुलो र एक्सक्लुसिभ पार्टी हुने बताइएको छ।  

काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतमबुद्ध विमानस्थलसम्म चार्टर प्लेनबाट टाइगर प्यालेस रिसोर्ट लगिने जानकारी दिइएको छ। आगामी १४ र १५ सेप्टेम्बर अर्थात भाद्र २९ र ३० गते हुने यस पूल पार्टीमा नेपालका चर्चित डिजे तथा अन्य लाइभ प्रस्तुति पनि हुने बताइएको छ। आयोजकका अनुसार पूल पार्टीका लागि ७ हजार देखि एक लाख ५० हजार सम्मको टिकट दर राखिएको छ भने अगस्ट २५ सम्म टिकट किन्नेका लागि १० प्रतिशत छुट दिने बताइएको छ। 

पार्टी नेपालले विगत १५ बर्षदेखि नेपाल तथा विदेशमा विभिन्न पार्टी आयोजना गर्दै आएको छ।    

सम्बन्धित समाचार

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

काठमाडौँ। ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ

फिल्म ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक 

काठमाडौँ। 'नोभेम्बर रेन' फेम्ड निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि यूट्युब रिलिज गरिएको ‘लै लै’ गीतले राम्रो प्रतिक्रिया पाएपछि आइतबार निर्माण टिमले

फिल्म गुनगुनको पोष्टर सार्वजनिक, कार्तिक ३० मा रिलिज हुदै  

काठमाडौँ। कार्तिक ३० मा रिलिज हुने गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ ।  पोस्टर सार्वजनिक गर्दै

फ्राइडे रिलिज : कथा काठमाडौँ, अनुराग र छिरिङ एकआपसमा भिड्दै 

काठमाडौँ। आज शुक्रबार नेपाली बक्स अफिसमा तीन चलचित्रहरु रिलिज भएका छन् । कथा काठमाडौँ, अनुराग र छिरिङ आज एक आपसमा भिडन्त गर्दै छन्।  इन्टिमेट सिनका कारण विवादमा परेकी प्रियंका कार्कीको कथा


z