• २०८३ जेठ १५ शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्सको २०८३ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले विस २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

कम्पनीको प्रधान कार्यालय कमलादीमा आज आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली लगायतका उच्च अधिकारीहरूको उपस्थितिमा क्यालेन्डर अनावरण गरिएको थियो ।

सार्वजनिक गरिएको क्यालेन्डरमा बिदा सूची, पर्व, विभिन्न दिवस, पञ्चाङ्ग तिथि र मिति समावेश गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना व्यक्त गर्दै कम्पनीलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, ग्राहक, बीमा अभिकर्ता, शेयरधनी तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका थिए ।

उनले आगामी दिनमा नयाँ प्रविधिको प्रयोग गर्दै सेवा थप प्रभावकारी बनाउने र ग्राहकको अपेक्षा अनुसार योजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै