• २०८३ बैशाख ४ शुक्रबार

ओली र लेखकलाई म्याद थप नगर्न सर्वोच्चको परमादेश, विहिबार छुट्ने

ओली र लेखकलाई म्याद थप नगर्न सर्वोच्चको परमादेश, विहिबार छुट्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक आगामी बिहीबार थुनामुक्त हुने भएका छन् । 

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेपछि विहिबार छुट्ने भएका हुन् ।

इजलासले प्रक्रिया पूरा गरी हिरातमुक्त गर्न परमादेश जारी गरेपछि ओली र लेखक थुनामुक्त हुने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले आइतबार ओली र लेखकलाई अनुसन्धान गर्न ५ दिनको म्याद थपेको थियो । सोही म्यादभित्र अनुसन्धान सम्पन्न गर्न सर्वोच्चले सरकारविरुद्ध परमादेश जारी गरेको हो ।  

परमादेशमा भनिएको छ- 'ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को परिक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्यसम्मन्न गरी जो जे गर्नुपर्ने गराउनू ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै