• २०८३ बैशाख १८ शुक्रबार

पीएम कपमा कोशीको अर्को हार, एपीएफ ५ रनले विजयी

पीएम कपमा कोशीको अर्को हार, एपीएफ ५ रनले विजयी

काठमाडौँ । एपीएफ क्लबले जारी पीएम कप अन्तर्गत कोशी प्रदेशलाई पराजित गरेको छ । शुक्रबार जनकपुरमा सम्पन्न खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई ५ रनले पराजित गरेको हो ।

एपीएफले दिएको २२६ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ४९.५ ओभरमा अल आउट हुदै २२० रन बनाएको थियो ।

कोशी प्रदेशका लागि अंकित सुबेदीले सर्बाधिक ७२ रन बनाएका थिए भने सुमन श्रेष्ठले ६५ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ४ विकेट लिएका थिए भने रोहित पौडेलले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ४७.५ ओभरमा अल आउट हुदै २२५ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्बाधिक ७२ रन बनाएका थिए भने सुमित महर्जनले ५७ रन बनाएका थिए ।

यो जितपछि एपीएफको ८ खेलमा ९ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै कोशी प्रदेशको भने ८ खेलमा यो सातौं हार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय