• २०८३ बैशाख ४ शुक्रबार

मोदी र ट्रम्पबीच टेलिफोन कुराकानी

मोदी र ट्रम्पबीच टेलिफोन कुराकानी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन कुराकानी भएको छ । कुराकानीको क्रममा दुई नेताहरूले द्विपक्षीय सम्बन्ध र हर्मुजको जलडमरूसहितका मुद्दाहरूमा छलफल भएको छ ।

प्रधानमन्त्री मोदीले ट्रम्पसँग कुराकानी भएको जानकारी दिदै द्विपक्षीय सहयोगमा भएको उल्लेखनीय प्रगतिको समीक्षा गरेको र विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'मैले मेरो साथी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त गरें । हामीले विभिन्न क्षेत्रहरूमा हाम्रो द्विपक्षीय सहयोगमा भएको उल्लेखनीय प्रगतिको समीक्षा गर्यौं । हामी हरेक क्षेत्रमा हाम्रो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध छौं ।'

प्रधानमन्त्री मोदीका अनुसार, ट्रम्पसँग अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेका थिए । उनले भने- 'हामीले पश्चिम एसियाको अवस्थाको बारेमा पनि छलफल गर्यौं र हर्मुजको जलडमरूलाई खुला र सुरक्षित राख्नुको महत्त्वमा जोड दियौं ।'

पाकिस्तानमा अमेरिका र इरानबीचको वार्ता निष्कर्षहीन साबित भएपछि, अमेरिकाले हर्मुजको जलडमरूको नाकाबन्दी सुरु गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै