राप्रपा अलग पहिचान बोकेको पार्टी हो : अध्यक्ष थापा

खरीबोट
ad

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । 

राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए । 

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे । 

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पुर्याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ । 

गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए।  
 

सम्बन्धित समाचार

अदालतबाट न्याय पाईन्छ भन्ने विश्वास टुट्दै जानु परिवर्तनमाथि नै खतरा-कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानबाट निकास र अदालतबाट न्याय पाईन्छ भन्ने विश्वास भएन भने जस्तोसुकै  परिवर्तन पनि स्थायी र दिगो नहुने बताएका छन् ।  पार्टी निकट कानुन

दुर्गा भगवतीको शक्ति र आशिर्वादले चाडै पार्टी एकता हुन्छ : कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दुर्गा भगवतीको शक्ति र आशिर्वादले दशैको आसपास मै पार्टी एकता चाडै हुने खुलासा गरेका छन् ।  आज पार्टीको सम्पर्क समाज समन्वय बिभागद्वारा काठमाडौंमा आयोजित शुभकामना

 मलेशिया र सिंगापुरकाे ५ दिने भ्रमण पुरागरी राप्रपा अध्यक्ष थापा स्वदेश फिर्ता 

काठमाडौँ। राप्रपा अध्यक्ष कमल थापा मलेशिया र सिंगापुरकाे ५ दिने भ्रमण सम्पन्न गरि अाज अपरान्ह स्वदेश फर्किएका छन्।   भ्रमणकाे क्रममा अध्यक्ष थापाले मलेशियामा राप्रपाकाे भातृ संगठन प्रवासी नेपाली एकता समाजकाे

वाइड बडी विमान खरिदको भ्रष्ट्राचार छानबिन ओझेलमा नपरोस् - सांसद राजेन्द्र लिङदेन

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणमा भएको भ्रष्ट्राचार ओझेलमा परेको भन्दै निगममा नयाँ कार्यकरी अध्यक्षको नियुक्तिका कारणले भ्रष्ट्राचार काण्ड ओझेलमा नपरोस् भन्ने चेतावनी दिएका


z