बनेपा । दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग सुचारु भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार विपी राजमार्गको रोशि गाउँपालिकास्थित सडक खण्डका ५ स्थानमा डाइभर्सन निर्माण गरेपछि सडक सुचारु भएको हो ।
रोशि गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा डाइभर्सन निर्माण गरिएको छ । दुई दिन पानी परेपछि रोशि खोलामा आएको बाढीले डाइभर्सन बगयेपाची प्रहरीले सडक बन्द गरेको थियो ।









