काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो उपचार र पुनःस्थापनाबारे जानकारी दिएकी छन् ।
लामो प्रयासपछि कतारको अस्पेटार अस्पताल पुगेकी उनले अब केही महिना त्यहीँ बसेर शल्यक्रियापछिको पुनःस्थापना प्रक्रिया अगाडि बढाउने बताएकी छन् । यस कठिन समयमा साथ दिने समर्थक, क्लब र सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्- 'लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु । सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु । मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ ।'
उनका अनुसार शल्यक्रियापछिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। आफू पुनः मैदान फर्किने लक्ष्यमा केन्द्रित रहेको उनले बताइन् ।
यसैबीच, नेपालमा फुटबलको वर्तमान अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरेकी छन् । नेपाली फुटबल छिट्टै सुधार हुने विश्वास व्यक्त गर्दै उनले आफ्नो लक्ष्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन् ।









