काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
महासंघका अनुसार मतगणना आजै सुरु हुनेछ । मतगणना आजै हुने निर्थावाचन समितिले जानकारी दिएको छ ।
सोमबार महासंघको ६०औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । त्यस्तै वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ । अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ । यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्ने भएका छन् । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन भएको छ ।
७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् । महासंघमा जिल्ला-नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिएको छ । चार उपाध्यक्षमा जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष निर्वाचित हुनेछन् ।









