काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । त्यसपछि नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ ग्रहण गराएका थिए ।
यहि बैशाख २२ गते भएको निर्वाचनले महासंघको नयाँ कार्यसमितिको चयन गरेको थियो । कार्यक्रममा महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।









