सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।
सिन्धुलीको दुधौली- १ रांगेस्थित मदन भण्डारी राजमार्गमा फिक्कलबाट गाईघाट जादै गरेको ना प्रा ०३-००१- च ८२०२ नम्बरको पिकअप जीप मोडमा अनियन्त्रित हुदा सडकबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते सबै पाँचै जना सिन्धुलीका रहेका छन् । प्रहरीले चालक २९ बर्षिय रोशन तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।









