काठमाडौं । सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ ।
संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।
पेसी तोकिनु अघि आज सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्टको बैठक बसेको बुझिएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिस बारे न्यायाधीशहरुले आफ्नो धारणा राखेको बताइएको छ ।
आजको पेसीमा प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मा र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलास तोकिएको छैन ।









