• २०८३ बैशाख २५ शुक्रबार

होर्मुज क्षेत्रमा तनाव बढेपछि कच्चा तेलको मुल्य बढ्यो

होर्मुज क्षेत्रमा तनाव बढेपछि कच्चा तेलको मुल्य बढ्यो

काठमाडौँ । होर्मुज क्षेत्रमा अमेरिका र इरानबीच सैन्य झडप भएपछि विश्व तेल बजारमा ठूलो उछाल देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ७. ५ प्रतिशतसम्म बढ्दै प्रतिव्यारेल १०३.७० अमेरिकी डलर पुगेको छ । पछि एसियाली बजार खुलेसँगै मूल्यमा केही नरमी आएर प्रतिव्यारेल १०१. १२ डलरमा कारोबार भएको जनाइएको छ ।

यस्तै, अमेरिकी डब्लुटिआई तेलको मूल्य पनि शुक्रबार बढेको छ । डब्लुटिआई २.५८ प्रतिशत अर्थात् २. ४५ डलरले बढेर प्रतिव्यारेल ९७.२६ डलर पुगेको छ ।

युद्ध सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा ब्रेन्ट क्रुडको मूल्य करिब ४० प्रतिशतले बढिसकेको छ । बजारमा दैनिक एक करोड ४५ लाख ब्यारेल तेल उत्पादन अभाव हुने अनुमान गरिएको छ ।

तेलको मूल्यवृद्धिको असर विश्व शेयर बजारमा समेत परेको छ । शुक्रबार निक्केई २२५, कोस्पी र ह्याङ सेङ एक प्रतिशतभन्दा बढीले घटेका छन् । अमेरिकी बजारमा एस एन्ड पी ५०० पनि ०. ४ प्रतिशतले घटेर बन्द भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै