• २०८३ बैशाख २७ आइतबार

प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने

प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा संबैधानिक परिषदको निर्णय सहि भएको बताएका छन् ।

रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले न्याय परिषदले सिफारिस गरेका ६ जना मध्येबाट एक जना चयन गर्दा कसरी संबिधान विपरित हुन्छ भन्दै प्रश्न गरेका छन् ।

लामिछानेले अहिले प्रधानन्यायाधीशको सिफारिसको विषयको अनावश्यक चर्चा भएको भन्दै यसलाई गरिमा र मर्यादामा राख्नुपर्नेमा जोड दिए । उनले संबिधानको व्यवस्था र दायरा अनुसार नै सिफारिस भएको बताउदै यस विषयलाई आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न नपाइने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै