काठमाडौँ । आज संघीय संसदको बजेट अधिवेशन शुरु हुदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा आज २ बजे प्रतिनिधि सभाको र २ बजेदेखि नै राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै शुरु हुदैछ ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
यस बाहेक सभामुखले यस अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको राष्ट्रिय सभाको बैठकमा सरकारले ल्याएका अध्यादेश पेश हुने कार्यसूची रहेको छ ।









