• २०८३ बैशाख २८ सोमबार

हत्या गरेको अभियोगमा धरानबाट पक्राउ

हत्या गरेको अभियोगमा धरानबाट पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१० बेलगाछी बस्ने २७ वर्षीय जिवन भुजेलको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जिवन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जिवनको विराट नर्सिङ होम विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै