• २०८३ बैशाख २९ मंगलबार

प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममाथि छलफल, सरकारको जवाफ र पारित गर्ने कार्यसूची

प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममाथि छलफल, सरकारको जवाफ र पारित गर्ने कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्ने छन् ।

त्यस्तौ नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन र नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट आजै पारित गर्ने कार्यसूची समेत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै