काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्ने छन् ।
त्यस्तौ नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन र नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट आजै पारित गर्ने कार्यसूची समेत रहेको छ ।









