• २०८३ जेठ १ शुक्रबार

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार वैदेशिक सहायता अपेक्षित अनुमानभन्दा कम प्राप्त भएको देखिएको छ ।

प्रतिवेदनअनुसार प्राविधिक सहायतालाई अलग राख्दा वास्तविक रूपमा वैदेशिक अनुदान २९ अर्ब ६५ करोड २५ लाख मात्र प्राप्त भएको छ । यस्तै वैदेशिक ऋणतर्फ  १ खर्ब २६ अर्ब ९४ करोड ७६ लाख प्राप्त भएको उल्लेख छ । यसअनुसार कुल वैदेशिक सहायता १ खर्ब ५६ अर्ब ६० करोड १ लाख मात्र प्राप्त भएको देखिएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बजेट वक्तव्यमा गरिएको अनुमानको तुलनामा यस आर्थिक वर्षमा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त भएको छ । त्यस्तै वैदेशिक ऋण प्राप्ति ५८.३२ प्रतिशतमा सीमित रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त एकीकृत वित्तीय विवरणअनुसार आर्थिक बर्ष २०८१/८२ मा कुल २ खर्ब ७० अर्ब बराबर वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएको थियो । जसमा वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख र वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड ३५ लाख रहने अनुमान थियो ।

महालेखा परीक्षकको कार्यालयले वैदेशिक सहायता अपेक्षित स्तरमा नआउनु विकास आयोजना तथा सरकारी खर्च व्यवस्थापनमा असर पार्ने देखिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै