• २०८३ जेठ ४ सोमबार

श्रम संस्कृतिले संसदमा खोज्यो प्रधानमन्त्री, पर्चा देखाउन नपाइने भन्दै सभामुखको चेतावनी

श्रम संस्कृतिले संसदमा खोज्यो प्रधानमन्त्री, पर्चा देखाउन नपाइने भन्दै सभामुखको चेतावनी

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ ।

बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

श्रम संस्कृति पार्टीको सो ध्यानकर्षणपछि सभामुख डिपी अर्यालले संसदमा पर्चा पम्प्लेट देखाएर विरोध गर्न नपाइने भन्दै अब देखि त्यस्तो नगर्न श्रम संस्कृति पार्टीका सांसदहरुलाई सचेत गराएका थिए ।

सभामुखले सचेत गराएपनि श्रम संस्कृति पार्टीका सांसदले पर्चा छातीमा टाँसेर बैठकमा बसिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै