काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको पर्चा देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए ।
उनले यसअघि सोमबार पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुखले संसदमा पर्चा देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए ।









