• २०८३ जेठ ५ मंगलबार

नेप्सेमा आज पनि गिरावट, ३ अर्ब ८ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट, ३ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट भएको छ । आज मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४. ३९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका ७८ लाख १६ हजार ४७८ कित्ता शेयर ३ अर्ब ८ करोड ७७ लाख ३०  हजार ९६२ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीव वीमाबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.२६ प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको शेयर ६.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको शेयर ६.८४ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको २३ करोड ५३ लाखको कारोबार भएको छ भने साहस उर्जाको ९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै