काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको पहिलो टी-२० जितेको छ ।
बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा अल आउट हुदै ६७ रन बनाएको थियो ।
एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने मलेसिया पुगेको नेपाली टिमले मलेसियासँग दुई टी-२० खेलिरहेको छ । अब दोस्रो खेल शुक्रबार हुने क्यानले जानकारी दिएको छ ।









