• २०८३ जेठ ६ बुधबार

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम २ विकेटले विजयी

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम २ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको पहिलो टी-२० जितेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा अल आउट हुदै ६७ रन बनाएको थियो ।

एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने मलेसिया पुगेको नेपाली टिमले मलेसियासँग दुई टी-२० खेलिरहेको छ  । अब दोस्रो खेल शुक्रबार हुने क्यानले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै