• २०८३ जेठ ६ बुधबार

सत्तापक्षका सांसद निरिह देखिए- वर्षामान पुन

सत्तापक्षका सांसद निरिह देखिए- वर्षामान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तापक्षका सांसद निरिह देखिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै पुनले सत्तापक्षका सांसदहरु निरीह देखिएको टिप्पणी गरेका हुन् । 

उनले भने- 'सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो । सरकारले ल्यायो क्यारे, मान्दिने जस्तो देखिनुभयो । उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जबाफ दिनुपर्छ । यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो ?’

त्यस्तै पुनले सरकारको नियतमा पनि प्रश्न गरेका छन् । उनले सरकारको नियत संसद् छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखिएको बताए ।

उनले सरकारलाई आफ्नो गन्तव्य र वैचारिक धरातल स्पष्ट पार्न चुनौती दिदै भने- 'हामी कम्युनिस्ट होइनौँ भन्नुभएको छ, नवउदारवादी पनि होइनौँ भन्नुभएको छ, हो के त उहाँहरू ?’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै