• २०८३ जेठ ८ शुक्रबार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

आजको बैठकमा शुन्य समय र विशेष समय सकिएपछि विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आउनुपर्ने भन्दै विरोध गरेका थिए ।

प्रधानमन्त्री संसदमा आउनुपर्ने माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहने बताएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आरन राईले प्रधानमन्त्रीलाई संसदमा बोलाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै