काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरुले नाराबाजी गरेका छन् ।
सभामुख डिपी अर्यालले विपक्षीको अवरोधका बीचमा संसदको कारवाही अगाडी बढाएपछि विपक्षी दलहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।









