• २०८१ बैशाख १४ शुक्रबार

धनगढीमा तीन पेट्रोल पम्पमा सिल

kharibot

धनगढी। बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा आज सिल गरेको छ । 

सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा रामुर्ति सिंहले जानकारी दिए । 

ती आयल स्टोरका सञ्चालकमाथि प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले आज धनगढीका विभिन्न छ वटा आयल स्टोरमा अनुगमन गरेको थियो । 

टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिको सहभागिता थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै