काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष मनिषलाल प्रधान निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्ष अन्जन श्रेष्ठ पक्षका वैद्य र प्रधान निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र रामचन्द्र संघई तथा कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिका पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।
वैद्यले ५६ मत पाएर विजयी हुदा संघईले ३० मत पाएका थिए । यस्तै कोषाध्यक्षमा प्रधानले ६१ मत पाएर विजयी हुदा पौडेल २५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।









