बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाको बैठकमा विवाद भएको छ ।
शनिबार बसेको विस्तारित बैठकमा हङ्गामा भएपछि जिल्लाका सांसदहरु बैठकबाट भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो । बैठक शुरु हुनासाथ कार्यकर्ताहरुले होहल्ला र विरोध गरेका थिए । विस्तारित बैठकमा विवाद चर्किँदा चार सांसद बैठकस्थलबाटै लखेटिएका छन् । रास्वपाले हालै जिल्ला समिति बिघटन गरेपछि जिल्लामा विवाद बढेको छ । बैठकमा भएको हङ्गामापछि जिल्लाका सांसदहरु गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षाकर्मीहरुले सुरक्षित निकालेका थिए ।
जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।









