काठमाडौँ । इरानमा कथित सत्ता पलट प्रयाससम्बन्धी मुद्दामा दोषी ठहराइएका एक उग्रवादी नेतामाथि मृत्युदण्ड कार्यान्वयन गरिएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार अब्बास अकबरी नामका ती व्यक्तिलाई फाँसी दिइएको हो । उनीमाथि गएको जनवरीमा भएको भनिएको सत्ता पलट प्रयासमा संलग्न रहेको आरोप लागेको थियो ।
रिपोर्ट अनुसार सर्वोच्च अदालतको निर्णयपछि उनलाई मृत्युदण्ड दिइएको हो।
अदालतले उनलाई 'मोहारेबेह' अर्थात् ईश्वरविरुद्ध शत्रुता गरेको अभियोगमा दोषी ठहर गरेको थियो । साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र इस्फहान प्रान्तको नाइन क्षेत्रमा सुरक्षा बलमाथि गोली चलाएको आरोप पनि लागेको उल्लेख छ ।









